काठमाडौं । एकदिवसीय ग्लोबल छनोटमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग सामना गर्दै छ । समूह ‘ए’बाट नेपालले सुपर सिक्सको आशा जीवितै राख्न नेदरल्यान्ड्सलाई हराउनुपर्ने हुन्छ । नेदरल्यान्ड्ससँगको हारले नेपालको अर्को चरणमा पुग्ने सम्भावना केवल गणितीय आधारमा मात्र सीमित हुनेछ । नेपालमाथिको जितले नेदरल्यान्ड्सको सुपर सिक्समा पुग्ने बाटो मजबुत हुनेछ । प्रत्येक समूहबाट तीन राष्ट्र सुपर सिक्समा पुग्नेछन् ।
नेपालले छनोट प्रतियोगिताको पहिलो खेलमा जिम्बावेसँग आठ विकेटको हार सामना गरेको थियो । नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले परास्त गर्यो । बिहीबार दुईपटकको पूर्वविजेता वेस्ट इन्डिजसँग नेपाल एक सय एक रनले पराजित भयो । नेपालले आफ्नो समूहको दुवै टेस्ट राष्ट्रविरुद्ध तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको थियो ।
नेदरल्यान्ड्सको सामना गर्दै नेपाल
एकदिवसीय ग्लोबल छनोटमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग सामना गर्दै छ । समूह ‘ए’बाट नेपालले सुपर सिक्सको आशा जीवितै राख्न नेदरल्यान्ड्सलाई हराउनुपर्ने हुन्छ ।

