ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई साथ दिन खोज्दैछन् : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेससँग सरकार बनाउने तयारी गरिरहेको दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई साथ दिन खोज्दैछन् : माधवकुमार नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेससँग सरकार बनाउने तयारी गरिरहेको दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसको सरकारलाई साथ दिन चाहेकोमा अध्यक्ष नेपालले आपत्ति जनाएका थिए । केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन् । कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् । उसलाई अघि बढाउन खोजिरहेका छन्,’ नेपालले भने । यस क्रममा उनले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रुपमा उदाएको पनि दाबी गरेका थिए । उनले भनेका छन्, ‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाइँहरूले सुनिरहनुभएको छ । अर्थात् हामीले चालिरहेको कदमलाई सकारात्मक रुपमा लिनुपर्नेमा समाजवादी शक्तिलाई एकताबद्ध बनाएर समाजवाद विरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, विस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौँ, तपाइँहरूले गर्नुभयो भन्नुपर्ने हो । अध्यक्ष नेपालले नेपाली कांग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको पनि आरोप लगाएका थिए ।