माछा मार्ने क्रममा डुबेर दुईजनाको मृत्यु

जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका स्थित छेडा खोलामा माछा मार्ने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो । शिवालय गाउँपालिका -९ का ४५ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका- १ घडेरीका ४५ वर्षीय नरेवहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछा मार्ने क्रममा डुबेर दुईजनाको मृत्यु
सुर्खेत । जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका स्थित छेडा खोलामा माछा मार्ने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो । शिवालय गाउँपालिका -९ का ४५ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका- १ घडेरीका ४५ वर्षीय नरेवहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो ४ बजेतिर जाल हाल्न गएका उनीहरु हात समातेर खोला तर्ने क्रममा जालको डोरी बेह्रिएर उठ्न नसकेपछि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक नवीन चुदालीले बताए ।