काठमाडौं । अमेरिकाका फास्ट बलर काइल फिलिपलाई बलिङ एक्सनका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रतिबन्ध लगाएको छ । आईसीसीको इभेन्ट प्यानलले उनको बलिङ एक्सन गैरकानुनी रहेको भन्दै यसमा सुधार नगरेसम्मका लागि प्रतिबन्ध गरेको हो ।
आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्धको खेलमा बलिङ एक्सन गलत रहेको भन्दै म्याच अफिसियलहरूले रिर्पोट गरेका थिए । फिलिपले उक्त खेलमा १० ओभर बलिङ गर्दा ५६ रन खर्चेर तीन विकेट लिँदै स्पेल समाप्त गरेका थिए । उनले छनोटमा नेपालविरुद्धको खेल पनि खेलेका थिए । तर, नेदरल्यान्ड्सविरुद्ध खेल भने खेल्न पाएनन् । २६ वर्षीय फिलिपले अमेरिकाका लागि पाँच एकदिवसीय खेल खेलेका छन् । उनले अमेरिकका लागि ६ विकेट लिएका छन् ।
बलिङ एक्सनका कारण अमेरिकाका काइल फिलिपलाई प्रतिबन्ध
अमेरिकाका फास्ट बलर काइल फिलिपलाई बलिङ एक्सनका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रतिबन्ध लगाएको छ । आईसीसीको इभेन्ट प्यानलले उनको बलिङ एक्सन गैरकानुनी रहेको भन्दै यसमा सुधार नगरेसम्मका लागि प्रतिबन्ध गरेको हो ।

