एमालेद्वारा संसद् अवरुद्ध

प्रतिनिधि सभाको बैठक १५ मिनेट पछि बस्ने गरि स्थगित भएको छ । एमाले सांसदले उपराष्ट्रपति कार्यालयको विनियोजन शीर्षक पुस्तिका नभएसम्म सदन चल्न नसक्ने भनेपछि बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरेले विगतका दिनमा पनि मिलाउने कुरामा मिलाउँदै जाऊ भन्दै एमाले सांसदलाई अनुरोध गरे पनि सांसदले मानेनन् ।

एमालेद्वारा संसद् अवरुद्ध
काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेट पछि बस्ने गरि स्थगित भएको छ । एमाले सांसदले उपराष्ट्रपति कार्यालयको विनियोजन शीर्षक पुस्तिका नभएसम्म सदन चल्न नसक्ने भनेपछि बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरेले विगतका दिनमा पनि मिलाउने कुरामा मिलाउँदै जाऊ भन्दै एमाले सांसदलाई अनुरोध गरे पनि सांसदले मानेनन् । एमाले सांसद महेश बस्नेतले सदन अघि बढ्न नसक्ने बताएपछि सभामुखले बैठक स्थगित गरेका छन् ।