फेवातालमा ड्रागन बोट फेस्टिभल सुरु (तस्बिरहरु)

फेवातालमा शुक्रबारदेखि ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । दुई दिनसम्म चल्ने सो फेस्टिभलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरे । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा भएको बोट रेस फेस्टिभलमा नेपालसहित चीन, सिंगापुरका गरी आ

फेवातालमा ड्रागन बोट फेस्टिभल सुरु (तस्बिरहरु)
पोखरा । फेवातालमा शुक्रबारदेखि ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । दुई दिनसम्म चल्ने सो फेस्टिभलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरे । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा भएको बोट रेस फेस्टिभलमा नेपालसहित चीन, सिंगापुरका गरी आठ टिमले भाग लिएका छन् । तीमध्ये नेपाली ४ टिममा नेपाल (याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन (एनआरसिए), चाइना नेपाल फ्रेन्डसिप, फेवा डुंगा नव्यवसायी संगठन र पोखरा महानगरपालिकाको टिमले भाग लिएका हुन् । प्रतिस्पर्धा २ सय र ५ सय मिटरको इभेन्टमा हुनेछ । एक टिममा १२ खेलाडी सम्मिलित हुने छन् । चाइनीज ड्रमको तालमा खेलाडीले डुंगामार्फत निर्धारित दुरी पार गर्नुपर्नेछ । विजेताले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । पुरस्कारको लागि नगद ३० लाख खर्च हुनेछ । सो अवसरमा नेपाल सहित विभिन्न देशका सांस्कृतिक प्रस्तुति समेत राखिने छ । प्रतियोगितामा प्रयोग गरिने बोट चीन तथा आवश्यक सामग्री चीनबाट ल्याइएको छ । ती सामग्री केरुङ नाका हुँदै भित्राइएको हो । बुधबार चीनको लिङ्जी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली चार्टर उडानबाट आएका छन् । पर्यटन मन्त्री किराँतीले नेपाल र चीनबीचको सम्बन्ध १५ सय वर्ष अघिदेखि रहेको बताए । उनले यसप्रकारको प्रतियोगिताले पर्यटनमा टेवा पुग्नुका साथै दुई देशबीच सांस्कृतिक एकतासहित सम्बन्ध थप सुमधुर हुन मद्दत मिल्ने बताए ।कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी लगायतले फेस्टिभलले पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजनामा हुने फेस्टिभलमा होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), नेपाल (याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन लगायत विभिन्न संघसंस्थाको सहकार्य छ । फेस्टिभल अवलोकनका लागि ठूलो संख्यामा मानिसको भीड लागेको छ । फेवाताल किनार क्याम्पिङचोकमा फेस्टिभलको रौनक छ ।