काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रैसका केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार पुगेका छन् । बिहीबार दिउँसो उनी केन्द्रीय कारागार पुगेर खाँडसँग भेटघाट गरेको स्रोतले जनाएको छ । ‘केन्द्रीय कारागार सुन्धारामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद कारागारमा पुगेका थिए’, कारागार स्रोतले भन्यो ।
कांग्रेसको संस्थापन पक्षसँग निकट सम्बन्ध रहेका परराष्ट्र मन्त्रीले खाडसँग भेटघाट गरेको विषय अहिले पनि कांग्रेसभित्र गोप्य रहेको छ । परराष्ट्र मन्त्री साउदले उनीसँग के के कुराकानी गरे भन्ने बारेमा केही सार्वजनिक भएको छैन ।
उनले खाँडको मुद्धा, समसामयिक राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक कहल लगायतको विषयमा कुराकानी गरेको हुन सक्ने बताइएको छ । खाड र साउदबीच सम्बन्ध राम्रो भएकाले कांग्रेसको आन्तरिक राजनीतिबारे छलफल भएको स्रोतको दाबी छ ।
केन्द्रीय कारागार पुगेर मन्त्री साउदले भेटे बालकृष्ण खाँडलाई
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रैसका केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार पुगेका छन् । बिहीबार दिउँसो उनी केन्द्रीय कारागार पुगेर खाँडसँग भेटघाट गरेको स्रोतले जनाएको छ ।

