घट्यो सुनको मूल्य

सुनचाँदीको मूल्य आज शुक्रवार पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नौ हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

घट्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदीको मूल्य आज शुक्रवार पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नौ हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य हिजो बिहीवार तोलामा पाँच सय र अस्ति बुधवार आठ सय रुपैयाँले घटेको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।