काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपालले वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको छ । विशाल रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । ताजा अवस्थामा नेपालले २० ओभरमा ४ विकेट गुमाएर ८१ रन बनाएको छ । नेपालको पछिल्लो विकेटको रूपमा कप्तान रोहित पौडेल ४३ बलमा ३० रन बनाएर आउट भए । यसअघि कुशल भुर्तेल ५, आसिफ शेख २८ र भीम सार्की २ रनमा आउट भए ।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले २ विकेट लिएका छन् । यस्तै अलजारी जोसेफ र केमो पाउनले १/१ विकेट लिएका छ्न् ।
नेपालले ८१ रन बनाउँदा ४ विकेट गुमायो, कप्तान रोहित पौडेल ३० रनमा आउट
आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपालले वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको छ । विशाल रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।

