वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

कप्तान साई होप र निकालेस पुरनको २१६ रनको साझेदारीप्रेरित वेस्ट इन्डिजले आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालसामु ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य
काठमाडौं । कप्तान साई होप र निकालेस पुरनको २१६ रनको साझेदारीप्रेरित वेस्ट इन्डिजले आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालसामु ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार जिम्बाब्वेका हरारेस्थित हरारे स्पोर्ट्स क्लमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि होप र पुरनले शतक बनाएपछि निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गर्यो । वेस्ट इन्डिजका लागि कप्तान होपले १३२ रन बनाए । उनले १२९ बलमा १० चौका र तीन छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा होपको यो १५औं शतक हो ।