दीपेन्द्रले लिए वेस्ट इन्डिजका निकोलसको विकेट

जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजविरुद्ध नेपालले चौथो विकेट लिएको छ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा नेपालले वेस्ट इन्डिजको चौथो विकेट लिएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले निकोलस पुरनलाई आउट गराए ।

दीपेन्द्रले लिए वेस्ट इन्डिजका निकोलसको विकेट
जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजविरुद्ध नेपालले चौथो विकेट लिएको छ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा नेपालले वेस्ट इन्डिजको चौथो विकेट लिएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले निकोलस पुरनलाई आउट गराए । पुरनले ९४ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ११५ रन बनाए । चौथो विकेटका लागि निकोलस पुरनले कप्तान साई होपसँग मिलेर २१६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई उकासे । १५.३ ओभरमा ५५ रन बनाउँदा वेस्ट इन्डिजले महत्त्वपूर्ण तीन विकेट गुमाएको थियो । तर, वेस्ट इन्डिजको पारी कप्तान होप र पुरनले उकासे । यसअघि करण केसी, गुल्सन झा र सन्दीप लामिछानेले विकेट लिएका थिए । करण केसीले कायल मेयर्सलाई एक रनमा आउट गराए । त्यस्तै, गुल्सन झाले जोनसन चार्ल्सलाई शून्यमै आउट गराउँदा सन्दीपले ब्रान्डन किङलाई ३२ रनमा आउट गराए ।