नेपालबिरुद्ध वेस्टइन्डिजको दुईसय रन पूरा

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालसंग भिडिरहेको वेस्टइन्डिजले दुई सय रन पूरा गरेको छ । जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले ३६ ओभरमा ३ विकेटको क्षतीमा दुईसय रन पूरा गरेको हो ।

नेपालबिरुद्ध वेस्टइन्डिजको दुईसय रन पूरा
आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालसंग भिडिरहेको वेस्टइन्डिजले दुई सय रन पूरा गरेको छ । जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले ३६ ओभरमा ३ विकेटको क्षतीमा दुईसय रन पूरा गरेको हो । वेस्टइन्डिज ५५ रन जोड्दा ३ विकेट गुमाएपछि धर्मराएको पारी कप्तान शाई होप र निकोलश पूरनबीच शतकीय साझेदारी भएको छ । यि दुबैले शतकीय साझेदारी पनि पूरा गरेका छन् । दुबैले अर्धशतक बनाएर खेलिरहेका छन् ।