प्रतिवद्धताबाट पछि हटेका छैनौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी जनतासंगका प्रतिवद्धताबाट विमुख नभएको जिकिर गरेका छन् ।

प्रतिवद्धताबाट पछि हटेका छैनौं  :  रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी जनतासंगका प्रतिवद्धताबाट विमुख नभएको जिकिर गरेका छन् ।बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीकको पहिलो स्थापना दिवसको अवसरमा पार्टी कार्यालय, बालाजुमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिदैँ लामिछानेले सरकारमा गएको एक सय दिनमा विदेश पुगेका नेपाली स्वदेशमै फर्काउने प्रतिवद्धताप्रति पार्टी अझै प्रतिवद्ध रहेको बताए । ‘हामीले सरकार चलाएको १०० दिनमा देश विदेशका चोक–चोकमा नेपालमा नै जागिर छ भन्ने कुराको पोस्टर राख्ने प्रतिवद्धताबाट हामी विमुख भएका छैनौं,’ लामिछानेले भने । पार्टीका लागि विधि, नीति, नियम र विचारहरुलाई आम नागरिकसम्म पुर्याउनु पर्ने गम्भिर चुनौती रहेको लामिछानेको भनाई छ ।