चीनको बारबिक्यू रेष्टुराँमा विष्फोट : ३१ जनाको मृत्यु

बेइजीङ– चीनको यिनचुआन शहरको एक बारबिक्यू रेष्टुराँमा विस्फोट हुँदा कम्तिमा ३१ जनाको ज्यान गएको छ ।

चीनको बारबिक्यू रेष्टुराँमा विष्फोट : ३१ जनाको मृत्यु
बेइजीङ– चीनको यिनचुआन शहरको एक बारबिक्यू रेष्टुराँमा विस्फोट हुँदा कम्तिमा ३१ जनाको ज्यान गएको छ । निङ्गसियास्थित उक्त रेष्टुराँमा बुधबार राति विस्फोट हुँदा ती मानिसहरुको मृत्यु भएको बीबीसीले जनाएको छ । ग्यास ट्यांक विष्फोट भएर थप सात जना गम्भीर घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेहरुको शीघ्र उपचार गर्न तथा उद्योग क्षेत्रमा सुरक्षाको प्रवन्ध मिलाउन निर्देशन दिएका छन् । यसैबीच प्रहरीले उक्त विस्फोटको घटनापछि नौ जनालाई नियन्त्रणमा लिएको छ । त्यसमा उक्त रेष्टुराँका मालिक समेत रहेको बताइन्छ । विस्फोटपछिको आगो निभाउन २० वटा सवारी साधनसहित १ सयभन्दा बढी अग्नी नियन्त्रक खटिएका थिए ।