काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’बिच भेटवार्ता भएको छ। दुई नेताबिच बिहीवार बिहान भेट भएको हो। भेटका क्रममा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे छलफल भएको बताइएको छ।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जसपा र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमवार मोर्चाको घोषणा गरेका हुन्। नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको मुख्य उद्देश्य रहेको बताइएको छ।
प्रचण्ड र विप्लवबिच भेटवार्ता
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’बिच भेटवार्ता भएको छ। दुई नेताबिच बिहीवार बिहान भेट भएको हो। भेटका क्रममा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे छलफल भएको बताइएको छ।

