कैलाली । बझाङ दुर्घटनामा परी मृत्यु भएका सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजूको दाहसंस्कार शनिवार गरिने भएको छ ।
मन्त्री सिंहका जेठो कान्छा छोरा अमेरिकामा छन् । शुक्रवार सम्म उनी नेपाल आइपुग्ने र शनिवार स्वर्गीय सिंह दम्पती र उनकी भाउजूको दाहसंस्कार गरिने बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले जानकारी दिइन् । उनका अनुसार शनिवार सम्म उनीहरूको शव जिल्ला अस्पतालमा राखिने छ। सिंहको पार्थिव शरीर धनगढीबाट बुधवार दिउसो हेलिकोप्टरमा बझाङ लगिएको थियो ।
मन्त्री सिंहसहित तीनै जनाको दाहसंस्कार शनिवार गरिने
बझाङ दुर्घटनामा परी मृत्यु भएका सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजूको दाहसंस्कार शनिवार गरिने भएको छ ।

