ढोरपाटन नगर : मेयर पदमा अर्याल र नेपालीको भिड्न्त

ढोरपाटन नगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट चन्द्रलाल अर्याल र नेकपा एमाले र जनमोर्चाबाट विद्रोह समूहबाट देवकुमार नेपालीले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार निर्वाचन कार्यालयमा पुगेर दुवै जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट माओवादी केन्द्रका चन्द…

ढोरपाटन नगर : मेयर पदमा अर्याल र नेपालीको भिड्न्त
ढोरपाटन नगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट चन्द्रलाल अर्याल र नेकपा एमाले र जनमोर्चाबाट विद्रोह समूहबाट देवकुमार नेपालीले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार निर्वाचन कार्यालयमा पुगेर दुवै जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याल प्रमुखमा र काँग्रेसका कल्याण कायत उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । एमालेबाट यस अघि नगर प्रमुख रहेका देवकुमार नेपाली पुनः नगर प्रमुखमा उमेद्वारी मनोनयन गराएका छन् भने राजमो विद्रोही समुहबाट ताराकुमारी पुन उपप्रमुखको उमेदवार बनेकी छन् । पुन यसअघि राष्ट्रिय जनमोर्चाबाट ढोरपाटन नगरपालिकाको वडा नं ४ मा महिला सदस्य हुँदै जिल्ला समन्वय समिति बागलुङमा सदस्य थिइन् ।