नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित

साफ च्याम्पियनशिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ। भारतको ब्यांलोरस्थित श्री कान्तीराव रंगशालामा बुधबार भएको खेलमा कुवेतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गरेको हो। कुवेतका लागि खेलको २३औं मिनेटमा खालिद इब्राहिमले गोल गरेका थिए।

नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित
काठमाडौं । साफ च्याम्पियनशिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ। भारतको ब्यांलोरस्थित श्री कान्तीराव रंगशालामा बुधबार भएको खेलमा कुवेतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गरेको हो। कुवेतका लागि खेलको २३औं मिनेटमा खालिद इब्राहिमले गोल गरेका थिए। त्यसपछि खेलको ४१औं मिनेटमा कुवेतका शबिब अल खाल्दीले गोल थपेका थिए। पहिलो हाफमा नेपाल २-० गोलले पछाडि परेको थियो। दोस्रो हाफमा पनि कुवेतले अर्को गोल थप्यो। कुवेतका लागि मोहम्मद अब्दुल्ला दहनले ६५औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। एकतर्फी रहेको खेलको ६८औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरेर आशा जगाएका थिए। तर, त्यसपछि गोल गर्न नसकेपछि नेपाल ३(१ गोलअन्तरले पराजित भयो। नेपालले असार ९ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल रहेको समूह ‘ए’मा कुवेत, भारत र पाकिस्तान छन्।