काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्रका सिनेमा हलहरूमा भारतीय फिल्म प्रदर्शन गर्न नदिन गरेको निर्णयविरूद्ध सिनेमा हलका सञ्चालकहरु अदालत पुगेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन साहले भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश भएको भनिएको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि काठमाडौंका सबै सिनेमा हलमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि सिनेमा हल सञ्चालकहरुको छाता संगठन नेपाल चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उच्च अदालत स्रोतले पनि मुद्दा दर्ता भएको पुष्टि गरेको छ ।
महानगरपालिकाले गत शुक्रवारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘आदिपुरूष’ लाई गत सोमबारदेखि काठमाडौंमा प्रदर्शनमा रोक लगाएको छ । नेपाल चलचित्र संघले ‘आदिपुरुष’ बाहेक अन्य भारतीय फिल्महरुलाई समेत प्रदर्शनमा प्रतिवन्ध लगाइएपछि आफ्नो संस्था अदालत जानु परेको बताएको छ ।
बालेनविरुद्ध सिनेमा हल सञ्चालकद्वारा मुद्दा दर्ता
काठमाडौं महानगरपालिकाले महानगर भित्रका सिनेमा हलहरूमा भारतीय फिल्म प्रदर्शन गर्न नदिन गरेको निर्णयविरूद्ध सिनेमा हलका सञ्चालकहरु अदालत पुगेका छन् ।

