कुवेतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक

१४औं साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले अहिले केहिबेरमा कुवेतको सामना गर्दैछ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक गरेका छन् । कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, ल

कुवेतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक
काठमाडौं । १४औं साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले अहिले केहिबेरमा कुवेतको सामना गर्दैछ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक गरेका छन् । कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी पहिलो रोजाईमा खेल्नेछन् । प्रशिक्षक एनेसले गत जेठ ३२ मा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको टिमबाट एकजना परिवर्तन गरेका छन् । आयुश घलानको स्थानमा मनिष डाँगीलाई पहिलो रोजाइमा ल्याएका छन् । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले कुवेतलाई अहिलेसम्म हराउन सकेको छैन । अहिलेसम्म ९ खेल खेलेकोमा ८ खेलमा पराजित भएको छ भने १ खेल बराबरीमा सकिएको छ । यो खेल बैंगलुरुको श्री कान्टेरावा रंगशालामा नेपाली समयअनुसार अपराह्न पौने चार बजे सुरु हुनेछ ।