मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् राजीनामा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।

मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् राजीनामा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो । उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर शाहले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनले बताएकी छिन् । भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका स‌ंवादलाई कारण देखाउँदै शाहले काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् । अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि स‌ंलग्न छन् । जसका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् । उनले महानगरको शिक्षा सल्लाहकार रहँदा आफूले सकेको काम गरेको भन्दै उनले सार्वजनिक शिक्षाकै क्षेत्रमा आफूले काम गर्ने बताएकी छिन् ।