अध्यादेश खारेजको माग गर्दै मिटरब्याजी माइतीघर मण्डलामा धर्ना (तस्बिरहरु)

मिटरब्याजीहरु पनि लेनदेन कारोवार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन्। तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन्।

अध्यादेश खारेजको माग गर्दै मिटरब्याजी माइतीघर मण्डलामा धर्ना (तस्बिरहरु)
काठमाडौं । मिटरब्याजीहरु पनि लेनदेन कारोवार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन्। तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन्। ‘लेनदेन कारोवार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन्। मिटरब्याजी पीडितले पनि काठमाडौँ आएर प्रदर्शन गरेका थिए। उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेर छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौँ आएर प्रदर्शनमा उत्रिएका हुन्।