घट्यो सुनको मूल्य

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैँयाले घटेर तोलामा १ लाख ११ हजार रुपैँया कायम भएको छ ।

घट्यो सुनको मूल्य
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैँयाले घटेर तोलामा १ लाख ११ हजार रुपैँया कायम भएको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १० हजार ४ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघको अनुसार बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ४५ रुपैँयाले घटेर १ हजार ३ सय ८५ रुपैँयामा कारोबार भइरहेको छ ।