बागलुङमा जीप दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार बागलुङ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बागलुङमा जीप दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु
काठमाडाैं । बागलुङको काठेखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटदेखि बागलुङ बजार आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार बागलुङ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 'मध्यपहाडी लोकमार्गभन्दा ५ सय मिटर तल जीप खसेको छ,' उनले न्यूज खरीसँग भने, 'अप्ठ्यारो ठाउँ भएकाले उद्दारको काम जारी छ, अहिलेसम्म घटनास्थलमा दुई जनाको मृत्यु भइसकेको छ ।'