मन्त्रिपरिषद बैठकले के -के निर्णय गर्यो ?

सरकारले नेपाल-चीनको सीमा स्तम्भ ५३-१ लाई पुनस्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तातोपानीको झ्याङ्मोमास्थित सीमा चिन्ह स्तम्भ ५३(१ लाई यथास्थानमा संयुक्तरूपमा पुनस्थापना गर्नका लागि टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हु

मन्त्रिपरिषद बैठकले के -के निर्णय गर्यो ?
काठमाडौं । सरकारले नेपाल-चीनको सीमा स्तम्भ ५३-१ लाई पुनस्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तातोपानीको झ्याङ्मोमास्थित सीमा चिन्ह स्तम्भ ५३-१ लाई यथास्थानमा संयुक्तरूपमा पुनस्थापना गर्नका लागि टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । त्यस्तै बैठकले धुमुर्स सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुना बस्ती पुननिर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय भएको मन्त्री शर्माले बताइन्।