अमेरिकाले नेपाललाई जितका लागि दियो २०८ रनको लक्ष्य

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ । मंगलबार जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा २०७ रन बनाउँदै नेपाललाई जितका लागि २०८ रनको लक्ष्य दिएको हो ।

अमेरिकाले नेपाललाई जितका लागि दियो २०८ रनको लक्ष्य
काठमाडौं । आईसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ । मंगलबार जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा २०७ रन बनाउँदै नेपाललाई जितका लागि २०८ रनको लक्ष्य दिएको हो । नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । यस्तै, गुलशन झाले तीन विकेट, दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिन सफल भए ।