देवेन्द्र पौडेललाई डाँडापारी भन्ने एमालेले निरज पुनलाई किन भोट नहालेको ? : शेरचन

गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार जीतबहादुर शेरचनले जनताको सेवाका लागि राजनीतिमा आएको बताएका छन् । बुधबार रिघामा चुनावी कार्यक्रममा बोल्दै जनताको सेवाका लागि राजनीतिमा आएको बताउँदै अबको बाँकी जीवन पनि जनताकै निम्ति खर्चने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा सद…

देवेन्द्र पौडेललाई डाँडापारी भन्ने एमालेले निरज पुनलाई किन भोट नहालेको ? : शेरचन
गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार जीतबहादुर शेरचनले जनताको सेवाका लागि राजनीतिमा आएको बताएका छन् । बुधबार रिघामा चुनावी कार्यक्रममा बोल्दै जनताको सेवाका लागि राजनीतिमा आएको बताउँदै अबको बाँकी जीवन पनि जनताकै निम्ति खर्चने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेललाई डाँडापारी भन्नेहरुका विरुद्ध खरो रुपमा उत्रेका छन् । “५ वर्ष अघि देवेन्द्र पौडेललाई भोट हाल्ने एमालेका साथीहरुले अहिले डाँडापारी भनेर प्रचार गरिरहेका छन”्, उनले प्रश्न गर्दै भने, “त्यसो भए डाँडावारीकै निरज पुनलाई किन भोट नहालको ?”