काठमाडौं । गाडी दुर्घटनामा परी घाइते भएकी सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेविसिंहको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा अमृता र जयादेविसिंहको मृत्यु भएको हो ।
मन्त्री सिंह, सवारी चालक धर्मराज जोशी, प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याएको छ । घाइते उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
मंगलबार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको मन्त्री सिंह सवार सुप्र ०१००१झ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको थियो। दुर्घटनामा जीप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो।
गाडी दुर्घटना : मन्त्रीको श्रीमतीसहित दुई जनाको मृत्यु (अपडेट)
मन्त्री सिंह, सवारी चालक धर्मराज जोशी, प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याएको छ । घाइते उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।