नेपाललाई पाँचौँ सफलता, दीपेन्द्रले लिए विकेट

आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाएका छन् ।

नेपाललाई पाँचौँ सफलता, दीपेन्द्रले लिए विकेट
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाएका छन् । जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको २२औँ ओभरको तेस्रो बलमा दीपेन्द्रले अमेरिकाका गजानन्द सिंहलाई आरिफ शेखबाट क्याच आउट गराए । गजानन्दले यसअघि वेस्ट इन्डिजविरुद्धको खेलमा शतक प्रहार गरेका थिए । जारी खेलमा दीपेन्द्रले पहिलो विकेट लिएका हुन् । यसअघिका चारै विकेट करण केसीले लिएका थिए ।