चापाकोटका पूर्वप्रमुख शिवकुमार गिरीको अन्त्येष्टि

चापाकोट नगरपालिकाका पूर्वनगर प्रमुख शिवकुमार गिरीको सोमबार राति कालीगण्डकी नदी किनारमा अन्त्येष्टि गरिएको छ। दामाचौरस्थित ज्याग्दीघाटमा अत्येष्टि गरिएको हो। पुतलीबजार नगरपालिका १ स्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित श्रद्धान्जलीसभामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा।शशांक कोइरालाले पार्टीको झ

चापाकोटका पूर्वप्रमुख शिवकुमार गिरीको अन्त्येष्टि
स्याङ्जा । चापाकोट नगरपालिकाका पूर्वनगर प्रमुख शिवकुमार गिरीको सोमबार राति कालीगण्डकी नदी किनारमा अन्त्येष्टि गरिएको छ। दामाचौरस्थित ज्याग्दीघाटमा अत्येष्टि गरिएको हो। पुतलीबजार नगरपालिका १ स्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित श्रद्धान्जलीसभामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए। श्रद्धान्जलीपछि शव यात्रा गर्दै गिरीको जन्मथलो चापाकोटस्थित सुन्तलीटारमा अन्त्येष्टि गरिएको हो। मृत्युपछि शोकाकुल परिवारलाई दुखभेट गरेर फर्कने क्रममा गत शुक्रबार राति सवारी दुर्घटनामा परी गिरीको निधन थियो । गिरी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, पूर्वमहासमिति सदस्य, पूर् जिविस सदस्य, पूर्वगाविस अध्यक्ष,कांग्रेसका पूर्वजिल्ला सचिव, तरुण दलका पूर्वअध्यक्ष, नेविसंघका पूर्वअध्यक्ष एवं विभिन्न सामाजिक संघसंस्थामा काम गरेका छन्। गिरीका दुई पत्नी, दुई छोरा,दुई छोरी छन्।