मोर्चा सत्ता टिकाउन मात्र नहोस् : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउनमा मात्रै केन्द्रित हुन नहुने बताएका छन् । चार दलको मोर्चा घोषणा कार्यक्रममा खनालले सत्ता टिकाउन मात्र मोर्चा केन्द्रीत हुन नहुने बताएका हुन् ।

मोर्चा सत्ता टिकाउन मात्र नहोस् : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउनमा मात्रै केन्द्रित हुन नहुने बताएका छन् । चार दलको मोर्चा घोषणा कार्यक्रममा खनालले सत्ता टिकाउन मात्र मोर्चा केन्द्रीत हुन नहुने बताएका हुन् । ‘यो मोर्चा निर्माणको पहिलो पाइला हो । देशभक्त, वामपन्थी, समाजवादी र परिवर्तनशीहरूलाई एकताबद्ध नबनाएसम्म हाम्रो लक्ष्य पूरा हुँदैन,’ खनालले भने, ‘यसलाई अझै विस्तार गर्नुपर्छ । यो मोर्चा सत्तालाई टिकाउने मात्रै नबनोस् । आमूल परिवर्तनको मोर्चा बनोस् । सम्पूर्ण वाम शक्तिलाई एउटै बनाउने गरी मोर्चा अगाडि बढ्नुपर्छ ।’