झिँनो अंकले घट्यो नेप्से

साताको कारोबारको दोस्रो दिन सेयर बजार परिसुचक नेप्से झिँनो अंकले घटेको छ । सोमबार सेयर बजार ०.१४ प्रतिशतले घट्दा २.९४ अंकले घटेर २०९१.३९ को विन्दुमा रोकिएको छ । आज ४ अर्ब ७४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

झिँनो अंकले घट्यो नेप्से
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजार परिसुचक नेप्से झिँनो अंकले घटेको छ । सोमबार सेयर बजार ०.१४ प्रतिशतले घट्दा २.९४ अंकले घटेर २०९१.३९ को विन्दुमा रोकिएको छ । आज ४ अर्ब ७४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । सोमबार सेन्ट्रल फाइनान्स, लक्ष्मी इकुइटी फण्ड र माउण्टेन इनर्जि नेपाल लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको छ । आज युनिक नेपाल लघुवित्तको कारोबारमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा सोमबार सबैभन्दा अगाडी सिबम सिमेन्ट रहेको छ ।