कोशी प्रदेश : निष्कर्षविहीन बन्यो पहिलो चरणको वार्ता

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता पाँच घण्टापछि कुनै निष्कर्ष बिना नै सकिएको छ। सोमबार विराटनगरको विग होटलमा बसको वार्ता टोली निष्कर्षबिना नै उठेको हो।

कोशी प्रदेश :  निष्कर्षविहीन बन्यो पहिलो चरणको वार्ता
विराटनगर । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता पाँच घण्टापछि कुनै निष्कर्ष बिना नै सकिएको छ। सोमबार विराटनगरको विग होटलमा बसको वार्ता टोली निष्कर्षबिना नै उठेको हो। वार्ता सोहार्दपूर्ण रहेको सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले बताए। उनले नामकरणको विषय वस्तुमा प्रवेश गरेको बताउँदै वार्ता पुनस् बस्ने सहमति रहेको बताए। पहिचान पक्षधरका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्ता विना निष्कर्ष टुङ्गिएको बताए। ०७९ फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको कोशी नामको विरोधमा पहिचान पक्षधर पछिल्लो समय सडक आन्दोलनमा छन्।