काठमाडौं । नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाबेविरुद्धको खेलमा उनले ९६ बलमा ९९ रन बनाएका हुन् ।
कुशलले १३ चौका हान्दा २ छक्का प्रहार गरे । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो ब्याटर बनेका छन् । १ रनअगावै उनी शतक बनाउनबाट जिम्बावेका विलिंटन बाधक बने । एकदिवसीय क्रिकेटमा कुशलको यो छैटौं अर्धशतक हो ।
हरारे स्पोर्ट्स मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले अहिले ३३ ओभरमा २ विकेट गुमाएर १८४ रन बनाएर खेलिरहेको छ । आसिफ सेख १०० बलमा ६६ रन ल्याउँदै आउट भए । आसिफलाई राइन बुल्लुरलले क्याचआउट गरे ।
नेपाल र जिम्बाबेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
नेपालले यसअघि जिम्बाबेविरुद्ध ५० ओभरको एउटा मात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।
ओपनर कुशल भुर्तेल ९९ रनमा आउट
नेपालले यसअघि जिम्बाबेविरुद्ध ५० ओभरको एउटा मात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

