मनसुनी प्रभाव : यी दुई प्रदेशमा भारी वर्षा हुने

आइतबार राति कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।

मनसुनी प्रभाव : यी दुई प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । कोशी प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र कोशी प्रदेशका तराई भूभागमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य भूभागमा भने मौसम सफा रहनेछ । आइतबार राति कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।