गुडिरहेको बस सडकमै पल्टियो

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो।

गुडिरहेको बस सडकमै पल्टियो
काठमाडौं । ललितपुरको लुभुबाट लगनखेल आउँदै गरेको बस दुर्घटना भएको छ । शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो। प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए। ६ जनाको अवस्था सामान्य रहेको घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्‍याइएको जानकारी दिए। बसका चालक २४ वर्षीय सुजन पनि घाइते छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ। प्रहरीका अनुसार बस सडकमा १० मिटर घिस्रिएको छ ।