उपमहासचिव पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता

वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित हुनुभएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी क

उपमहासचिव पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता
काठमाडौं । वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित भएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका थिए । सो अवसरमा उपमहासचिव पुनले सबैको सद्भावले आफू पूर्णरुपमा स्वस्थ भएर स्वदेश फर्केको बताएका छनन्। वंशाणुगत जण्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि पूर्वमन्त्रीसमेत रहेका नेता पुन गत फागुन १ मा चीनको थर्ड पिपल्स अस्पताल गएका थिए।