कोशी प्रदेश : विपक्षी दलद्वारा बजेट सार्वजनिक कार्यक्रम बहिष्कार

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि अध्यादेशबाट ल्याएको बजेट सार्वजनिक भइरहँदा विपक्षी दलले बहिस्कार गरेका छन्। बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले बहिष्कार गरेका हुन्।

कोशी प्रदेश : विपक्षी दलद्वारा बजेट सार्वजनिक कार्यक्रम बहिष्कार
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि अध्यादेशबाट ल्याएको बजेट सार्वजनिक भइरहँदा विपक्षी दलले बहिस्कार गरेका छन्। बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले बहिष्कार गरेका हुन्। संसद छलेर अध्यादेशबाट आउने बजेटमा सहभागी नहुने भन्दै उनीहरूले अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो संविधानविपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै बहिष्कार गरेका हुन्। कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत लिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका छन्। प्रदेश सरकारले बुधबार प्रदेशसभामा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममाथि छलफल नै नगरी संसदको बजेट अधिवेशन अन्त्य गर्दै सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो।