बुटवल । लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकार, मन्त्रिपरिषदको २०८० जेठ ३२ गतेको निर्णयानुसार भुम्या पर्वको अवसरमा शुक्रबार रोल्पा, रुकुम (पूर्व) र दाङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए।
हरेक वर्ष असारको पहिलो साता मनाइने भुम्या पर्वमा मगर समुदायले पुर्ख्यौली पुजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन्। दशैंमा जस्तै निम्तालु आदानप्रदान, खानपिन र हर्ष उल्लासका साथ मनाइने भुम्या पर्व परापूर्वकाल देखि १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले मनाउँदै आएको पर्व हो।
लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा
लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकार, मन्त्रिपरिषदको २०८० जेठ ३२ गतेको निर्णयानुसार भुम्या पर्वको अवसरमा शुक्रबार रोल्पा, रुकुम (पूर्व) र दाङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए।

