अनलाइनमा जुवा खेलाउने कार्य : राजु 'मास्टर'सहित यी आठ जना कलाकार र युट्युवर पक्राउ

कार्यालयका एक प्रहरी अधिकारीका अनुसार उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।

अनलाइनमा जुवा खेलाउने कार्य : राजु 'मास्टर'सहित यी आठ जना कलाकार र युट्युवर पक्राउ
काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकारहरूसमेत पक्राउ परेका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकारहरू मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), बेगम नेपाली (भटभटे) पवन खतिवडा (म्याकुरी), एलिश राई, गणेश देवकोटा (जीडी), जालन घर्ती मगर र सरोज घिमिरे (ढेडु बुडो) पक्राउ गरेकाे हाे  । कार्यालयका एक प्रहरी अधिकारीका अनुसार उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन। यसअघि बुधबार मात्र यसै प्रकरणमा अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।