प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्धको सुनुवाइ सुरु

प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्धको सुनुवाइ आज (बिहीबार) सुरु भएको छ। संसदीय सुनुवाइ समितिले बुधबार (हिजो) उजुरीकर्ताहरुसँग छलफल गरेपछि आज सुनुवाइ सुरु गरेको हो।

प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्धको सुनुवाइ सुरु
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्धको सुनुवाइ आज (बिहीबार) सुरु भएको छ। संसदीय सुनुवाइ समितिले बुधबार (हिजो) उजुरीकर्ताहरुसँग छलफल गरेपछि आज सुनुवाइ सुरु गरेको हो। यसअघि सोमबार बसेको समितिको बैठकले कार्कीविरुद्ध परेका उजुरी खोली सांसदहरूलाई अध्ययनका लागि दिएको थियो। बैठकमा सांसदहरूले केही पेशेवर उजुरीकर्ता रहेको भन्दै एक दिनमा टुङ्ग्याएर जानुपर्ने राय राखेका थिए।प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनकै अवस्थामा गत मंसिरमा अवकाश पाएपछि हाल कार्की नै कामु प्रधानन्यायाधीश छन्। गत वैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।