काठमाडौं उपत्यकासहित देशभर भित्रियो मनसुन

बुलेटिनमा उल्लेख गरिएअनुसार यस वर्षको मनसुन प्रणाली बुधबार नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पुर्वी भूभागमा आगमन भएको छ ।

काठमाडौं उपत्यकासहित देशभर भित्रियो मनसुन
काठमाडौं । काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले बुधबार अपरान्ह विशेष मौसम बुलेटिन जारी गर्दै देशमा मनसुन प्रणाली भित्रिएको जानकारी दिएको छ। बुलेटिनमा उल्लेख गरिएअनुसार यस वर्षको मनसुन प्रणाली बुधबार नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पुर्वी भूभागमा आगमन भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरी नेपालमा प्रवेश गरेको हो। नेपालको अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने छ।