प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको मुद्धामा कारण देखाउ आदेश जारी

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। उक्त मुद्दालाई अग्राधिकारसमेत दिइएको छ।

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको मुद्धामा कारण देखाउ आदेश जारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। उक्त मुद्दालाई अग्राधिकारसमेत दिइएको छ। माओवादी युद्धका अगुवा नेता प्रचण्ड र भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै लेनिन बिष्टसहित ९ जनाले सर्वोच्चमा रिट दिएका थिए। नौ जना पूर्वबाल सैनिकहरुले हाल प्रधानमन्त्रीसमेत रहेका दाहाल र माओवादी छाडेका भट्टराईले आफूहरुलाई अनाहकमा युद्धमा लगाएको दाबी गर्दै कारबाहीको माग गरेका थिए।