विवाहमा गएको बस दुर्घटना, १० जनाको मृत्यु, २५ जना घाइते

दुर्घटनामा अन्य २५ जना घाइते भएको प्रहरीले जनाएको छ। विवाहमा सहभागी भएका यात्रुहरु आ(आफ्नो आवासतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो।

विवाहमा गएको बस दुर्घटना, १० जनाको मृत्यु, २५ जना घाइते
एजेन्सी । अस्ट्रेलियामा विवाह पार्टीमा सामेल भएर फर्किंदा पाहुना चढेको बस अनियन्त्रित भई पल्टिंएपछि १० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २५ जना घाइते भएको प्रहरीले जनाएको छ। विवाहमा सहभागी भएका यात्रुहरु आ(आफ्नो आवासतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो। सिड्नी नजिकैको लोकप्रिय हन्टर भ्याली वाइन क्षेत्रमा विवाह पार्टी सक्काएर फर्किएको बस बाटोमा अनियन्त्रित भई आफैं पल्टिएको थियो। आइतबार राति बस अनियन्त्रित भई चोकको प्रवेशद्वारमा ठोक्किएपछि फुटपाथमा पल्टिएको बताइएको छ। दुर्घटनामा परेका केही यात्रुहरू शिशा फोडेर दुर्घटनाग्रस्त बसबाट बाहिर निस्किएका थिए। दुर्घटनापछि एक दर्जनभन्दा बढी आपत्कालीन कामदारहरू घटनास्थलमा पुगेका थिए। उनीहरूले २० जनाभन्दा बढी मानिसहरूलाई अस्पताल पुर्याएका थिए। घटनापछि ५८ वर्षीय बस चालक पक्राउ परेका छन्।