स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

पोखरामा स्वीमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका- १६ बाटुलेचौरमा रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा शनिबार डुबेर १० वर्षे एनेक्स थापाको मृत्यु भएको हो ।

स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु
पोखरा । पोखरामा स्वीमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका- १६ बाटुलेचौरमा रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा शनिबार डुबेर १० वर्षे एनेक्स थापाको मृत्यु भएको हो । थापाको दीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले बताए । शनिबार सवा ७ बजे चिकित्सकद्वारा थापाको मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।