थाल ठटाएर विद्यालयका कर्मचारीले गरे प्रदर्शन (तस्बिरहरु)

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले आइतबार थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको नेतृत्वमा विद्यालय कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघरसम्म थाल ठटाएर विरोध र्‍याली गरेका हुन् ।

थाल ठटाएर विद्यालयका कर्मचारीले गरे प्रदर्शन (तस्बिरहरु)
काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले आइतबार थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको नेतृत्वमा विद्यालय कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघरसम्म थाल ठटाएर विरोध र्‍याली गरेका हुन् । नेपाल सरकारले विभिन्न समयमा गरेको सहमति तथा सम्झौतालाई बेवास्ता गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । सरकारले नीति तथा कार्यक्रममा विद्यालयका माग सम्बोधन गरे पनि बजेटमा नसमेटेको भन्दै उनीहरूले विरोध जनाएका हुन् । विभिन्न समयमा भएका सहमति र सम्झौतालाई सरकारले बजेटमा समेट्नुपर्ने उनीहरूको माग छ ।