काभ्रे । काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिका-३ स्थित नारायणस्थानको खोंचमा खसेका एक युवकको ८ घन्टापछि उद्धार गरिएको छ । बेथानचोक नारायणथान मन्दिर घुम्न जाने क्रममा शनिबार महाभारत जंगलमा राति १० बजे हेल्मेट खसेर टिप्न खोज्दा भुम्लु गाउँपालिका-७ फलाटेका २४ वर्षीय सुमन खड्का भीरबाट खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
उनीसँगै घुम्न गएका साथीहरुले घटनाबारे प्रहरीलाई जानकारी गरापछि प्रहरी नायव उपरीक्षक रेशम बोहोराको नेतृत्वमा २५ जना प्रहरीको टोली खोजी गर्न गएको थियो ।
खोजीको क्रममा आइतबार बिहान ६ बजेतिर पहरामा अड्किरहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक बोहोराले जनाए । खड्काको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । उनलाई उपचारका लागि जिल्लास्थित धुलिखेल अस्पताल पठाइएको छ ।
खोंचमा खसेका युवकको ८ घन्टापछि उद्धार
काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिका-३ स्थित नारायणस्थानको खोंचमा खसेका एक युवकको ८ घन्टापछि उद्धार गरिएको छ । बेथानचोक नारायणथान मन्दिर घुम्न जाने क्रममा शनिबार महाभारत जंगलमा राति १० बजे हेल्मेट खसेर टिप्न खोज्दा भुम्लु गाउँपालिका-७ फलाटेका २४ वर्षीय सुमन खड्का भीरबाट खसेको इलाका प्रहरी कार्यालय

