सुनकोशीमा बेपत्ता सिटिइभिटीका तीनै कर्मचारीको शव फेला

शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका ७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए ।

सुनकोशीमा बेपत्ता सिटिइभिटीका तीनै कर्मचारीको शव फेला
काठमाडौं । सुनकोशीमा बेपत्ता सिटिइभिटीका तीन कर्मचारीको शव फेला परेको छ। शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका ७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए । यसअघि जेठ २३ गते सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको थियो । गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो। प्र३-०१-००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चार जना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए। दाङका चालक कृष्ण चौधरीले पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका थिए।