कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना गम्भीर घाइते

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो।

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना गम्भीर घाइते
काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो। दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। जिपमा तीन जना सवार थिए। जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ।