बुटवल । बुटवल हिल्सद्वारा सञ्चालित लुम्बिनी केबलकार प्रालिको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीवार बुटवल आउँदैछन् ।बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर जोड्ने केबलकारको बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।
दाहालसँगै नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो ।
तल्लो स्टेसनबाट १० मिनेटको यात्रामै माथिल्लो स्टेसनमा पुग्न सकिन्छ । केबलकार सञ्चालनपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ ।
राजधानी स्थानान्तरण भएर निराश भएको बुटवललाई केबलकार सञ्चालनले मल्हम लगाउने अपेक्षा गरेको अध्यक्ष चन्द्र ढकालले बताए । आन्तरिक, भारतीय र तेस्रो मुलुकका बौद्ध धर्मका अनुयायीलाई लक्षित गरेर केबलकार स्थापना गरिएको ढकालले बताए ।
पर्यटकका लागि १५० बेडको सुविधासम्पन्न होटल, क्यासिनो, ७०० जनाभन्दा धेरै अटाउने सभाहल सहितको सुविधा समेत प्रयोग गर्न सकिने गरी तयारी गरिएको उनले बताए । ५ अर्ब लगानीमा बनेको केबलबारको अन्तिम विन्दुमा कामाख्या मन्दिर निर्माण गरिएको छ भने पाँचतारे होटल निर्माण अघि बढ्ने प्रक्रियामा छ ।
लुम्बिनी केवलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्रीबाट हुने
बुटवल हिल्सद्वारा सञ्चालित लुम्बिनी केबलकार प्रालिको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीवार बुटवल आउँदैछन् ।बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर जोड्ने केबलकारको बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

